Take a fresh look at your lifestyle.
npa 9 suchana

सौफी रक्सी, मोटरसाईकल र मानिसलाई भन्सार चलान ।

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ६ असार ।
ईशनाथ नगरपालिका वडा नं.३ बाटो हुदै नेपालबाट भारत तर्फ जादै गरेको अवस्थामा रक्सी सहित मानिस र मोटरसाइकल प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला बारा सिेम्रौन्गढ नगरपालिका वडा नं. ७ जानकीनगर बस्ने वर्ष ३२ को चुनु रामले ना.६५ प ५५४९ नं.को टिभिएस मोटरसाईकलमा सौफी रक्सी एक बोरामा ५ काटुन नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा मोटरसाईकल चालक चुनु राम समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी नामथर, ठेगाना नखुलेको व्यक्तिले चलाएको नम्बर पलेट नभएको ईन्जिन नं. ःद्यीव्ब्च्ण्द्दद्धज्न्ज्ज्ञण्द्धछद्द भएको ग्ल्यामर मोटरसाईकलमा सौफी रक्सी एक बोरामा ६ काटुन समेत गरि २ वटा बोरामा ११ काटुन सौफी रक्सी लोड गरी नेपालबाट भारत तर्फ लादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि मोटरसाईकल समेत छाडी भागी फरार भएकोमा, चुनु राम र २ वटै मोटरसाईकलमा लोड रहेको सौफी रक्सी समेत नियन्त्रणमा लिएको जिप्रकाले जनाएको हो ।
चुनु रामलाई अभद्र व्यवहार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको छ। सौफी रक्सी ढुवानी गर्न प्रयोग गरेको मोटरसाईकल र अर्को नम्बर पलेट नभएको ईन्जिन नं. ःद्यीव्ब्च्ण्द्दद्धज्न्ज्ज्ञण्द्धछद्द को ग्ल्यामर मोटरसाईकल समेत गरी २ वटा मोटरसाईकल र सौफी रक्सी अंन्दाजी उनान्सय हजार छ सय बराबरको सौफी रक्सी, मोटरसाईकल र मानिस समेत आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा चलान भएको बताइएको छ ।

सम्बन्धित अन्य समाचार
यमुनामाई गाउँ पालिकाको सुचना

त्यस्तै ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको गस्ती टोलीले देवाही गोनाही नगरपालिका वडा नं.१ करुनिया लालबकैया नदीको बाँधमा बेवारिसे अवस्थामा रहेको द्यच्ण्छश्(टघण्द्द, चेचिस नं. ःद्यीज्ब्च्ण्छछज्ढप्ण्टढघड र ईन्जिन नं. ज्ब्ज्ञज्ञभ्एज्ढप्ण्घठछड भएको मोटरसाईकलमा लोड रहेको सौफी रक्सी, कस्तुरी रक्सी, सुर्ती, तुलसी लागायत राजनिवास समेत एक लाख अठार हजार नौ सय पच्चास बराबरको बरामद गरेको जनाइएको छ । देवाही गोनाही नगरपालिका वडा नं. ७ मलंङ चोक बाट ना.१० प(३९१५ नं.को प्लाटिना मोटरसाईकलमा सामानहरु भारतबाट नेपाल तर्फ लोड गरी ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि मोटरसाईकल र सामानहरु छाडी भागेकोले उक्त मोटरसाईकल सहित स सामानहरु अं.मुल्य एक लाख दुई हजार चार सय बराबरको समेत गरी जम्मा .मुल्य रु.२ लाख २१हजार ३ सय ५० बराबरको सर सामानहरु बरामद गरीएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.