

जनकपुर ८ साउन
सिरहा नगरपालिका वडा नं. १४ खिरौना स्थित रहेको नहरको पानीमा जिल्ला महोत्तरी सोनमा गा.पा.वडा नं. ३ घर भई तत्काल जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १७ स्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्याको आरोपमा तीन जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला सिरहा सिरहा न.पा.वडा नं. ३ मखनाहा टोल बस्ने वर्ष २५ को जयकेश कुमार यादव, ऐ.ऐ. बस्ने वर्ष २० को मंगला भन्ने दिपेश कुमार यादव ,ऐ.ऐ. बस्ने अं. वर्ष २२ को बुलना भन्ने मुकेश कुमार यादव रहेका छन ।
सिरहा न.पा.वडा नं. ३ मखनाहा बस्ने विन्दी यादवको छोरीको विवाहमा भएको समान्य विवादको क्रममा निज हाल मृतकलाई चोर चोर भनि अन्दाजी ३ कि.मि. सम्म लखेटी नहरमा डुवाई कर्तव्य गरी मारेको खुल्न आएकोले निज प्रतिवादीहरुलाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहावाट खटिएको सयुक्त टोलीले पक्राउ गरेको छ । सम्मानित सिरहा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतवाट म्याद थप भई अनुसन्धन भईरहेको छ । मिति २०७७।०३।१६ गतेका दिन अन्दाजी १३ः०० बजेको समयमा घटना घटेको थियो । मृत अवस्थामा लाश फेला परेको घटनामा हाल सम्म अनुसन्धान गर्दा पक्राउ गरिएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।