![npa 9 suchana](http://rautahatdristy.com/wp-content/uploads/2019/05/suchana-npa.jpg)
![suchana gadhimai](http://rautahatdristy.com/wp-content/uploads/2019/05/gadhi-mai-npa-3.jpg)
, रौतहट १३ साउन ।
बिभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रपुर बाट खटिएको प्रहरी टोलीले चन्द्रपुरबाट लागु औषध मुद्दामा फरार रहेका प्रतिवादीलाइ पक्राउ गरेको हो। चन्द्रपुर—१ बस्ने विवेक मैनालीलाई आइतबार साझ पक्राउ गरि जिल्ला अदालत गौरबाट २ बर्ष कैद र ९९ हजार जरिवाना दण्ड सजाय तोकिएका उनि फरार रहेका थिए । उनलाई घरबाटै पक्राउ गरिएको छ । यस्तै नकवजनी चोरी मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ६ बस्ने सरोज कुमार राना छन्।जिल्ला अदालत गौरबाट २५ दिन कैद र बाउन्न हजार पाँच सय जरिवाना दण्ड सजाय तोकिएका उनी पनि फरार भएका थिए। उनी आइतवार साझ पक्राऊ परेका हुन्। ईलाका प्रहरी कार्यलय चन्द्रपुर द्वारा बन पैदावर मुद्दामा छ हजारछ सय पचहत्तर रुपैया जरिवाना दण्ड सजाय भई फरार रहेका प्रतिवादी चन्द्रपु १ मा बस्ने सुनिल बल, र सोहि ठाउँ बस्ने वर्ष २९ का प्रविण व्लोन पक्राउ परेका छन्। पक्राउ परेका प्रतिबादिहरुलई थप कारवाहीका लागी जिल्ला अदालत गौरमा पेश गरिएको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपि हेम बहादुर शाहीले जानकारी दिएका छन ।