Take a fresh look at your lifestyle.
npa 9 suchana

कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

वीरगञ्ज १५ साउन ।
वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा बुधबार थप १ जनाको मृत्यु भएको हो । बुधबार नै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत वीरगन्ज महानगरपालिका ६ माईस्थानका ७० वर्षीय बृद्धको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पताल मेडिकल सुपरिटेन्डेन्टले बताए । योसहित वीरगञ्जमा बुधबारै कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएका ती बृद्धमा बुधबार साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । उपाध्यायकाअनुसार, एकहप्ता पहिले झाडा पाखाला लागेर बीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लगि पुगेका ती बृद्धलाई थप उपचारका लागि तराई अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि ती बृद्धलाई वीरगञ्जकै बयोधा अस्पतालमा उपचारको लागि लग्दा त्यहाँ पिसिआर रिपोर्ट मागिएकाले उनलाई मंगलवार नारायणी अस्पतालमा लगिएको थियो । स्वास्थ्य अवस्था जटिल भएको र नारायणी अस्पतालमा आइसियु सेवा ४ दिन पहिले देखिनै बन्द भएका कारण उनको स्वाब संकलन मात्रै गरेर उनलाइ मंगलवार बेलुका नेशनल मेडिकल कलेजमा पठाइएको थियो । नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार बिहान करिब २ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.