Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रहरी चौकीको नयाँ भवनको शिलान्यास

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १५ साउन ।
यमुना माई गाउँ पालिका भित्र पर्ने प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ । एक समारोह बिच जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक रविराज खडकाले शिलान्यास गरेका हुन । यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको अध्यक्षतामा सुकदेव चौकमा रहेको प्रहरी चोकीको भवन शिलान्यास भएको हो । करिब ९४ लाखको लागतमा निमार्ण हुन लागेको नयाँ भवनको लागि विभिन्न तिन वटा स्थानीय तहले सहयोग गरिरहेका छन् । माधवनारायण नगरपालिकाले १५ लाख,देवाही गोनाही नगरपालिकाले १० लाख,परोहा नगरपालिकाले ५ लाख र बाँकि यमुनामाइ गाउँपालिकाले भवन निमार्णमा लाग्ने खर्च व्यवहोर्ने भएको छ । अन्य व्यतिmहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । यस अवसरमा यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया, माधवनरायण नपाका नगरप्रमुख विरेन्द्र यादव,उपप्रमुख सिमल कुमारी साह,वडाध्यक्ष राजकुमार यादव,नन्दलाल यादव,नेपाली काँग्रेसका नेता नितिश कुमार गुप्ता सहित दर्जनौं व्यतिmहरुको सहभागिता रहेको थियो । प्रहरी चौकीको पुरानो भवन जिर्ण बन्दै गएपछि नयाँ भवन निमार्ण हुन लागेको हो । प्रहरी उपरिक्षक खड्काको विशेष पहलमा उक्त भवन निमार्ण हुन लागेको थाहा भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.