, रौतहट १५ भाद्र ।
माधव नारायण नगर पालिका वडा न २ खेसरहिया नजिक हनुमान मन्दिरको सोमवार मौलापुर नगर पालिकाकी मेयर रिना साह तथा माधवनारायण नगरपालिकाकका उपमेयर सिमल कुमारी शाहले सयुतm रुपमा शिलान्यास गरेकी छिन ।
श्री राम शाहको आज १२ औ पुण्य तिथिमा उनका हनुमान मन्दिरलाई स्मरण स्वरुप भव्य बनाउने उदेश्यका साथ शिलान्यास भएको बताइएको छ ।
रौतहट क्षेत्र न ३ का साँसद प्रभु साहको निर्देशनमा हनुमान मन्दिरको शिलान्यास भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश न २ का सदस्य उपेन्द्र शाहले बताएका छन । मन्दिर निर्माणको इष्टिमेट नभए भए पनि मन्दिर भव्य निर्माण हुने सदस्य शाहले बताएका छन ।
आज विहान करिव ११ वजेको समयमा टोलका भद्र भलादमी तथा समाजसेवी वडा अध्यक्ष , सदस्य तथा बुद्धिजीवी र स्थानीय नेता ,कार्यकर्ताको उपस्थितिमा भव्य हनुमान मन्दिरको शिलान्यास भएको छ ।
हनुमान मन्दिरका पुजारी श्रीराम शाहको भाद्र ३ गतेका दिन राति ९ः१५ वजेको समयमा अज्ञात समुहद्धारा गोली हानी हत्या गरेको थियो । आजै उनका भण्डरा पनि सोही स्थानमा भएको छ । विभिन्न मठ तथा मन्दिरका पुजारी साधु संत समेत भण्डारामा सहभागिता जनाइएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments