

, रौतहट १६ भाद्र ।
मृतक विजय महराको सोधपुछमा संलग्न रहेका तीन प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्र.नि. नविन कुमार सिंह, प्र.ह. हिरोज मियाँ धुनिया र प्र.ह. मन्नु कुमार सिंहलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन जिल्ला प्रहरी कार्यालय, रौतहटको अनुरोध वमोजिम गृह मन्त्रालयको सचिवस्तर निर्णयानुसार गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको च.नं.८९ भाद्र १५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको छ । प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको च.नं.३२५ भाद्र १५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि समेत निलम्वन गरिएको जनाएको छ।
साउन ३१ गते रातीको समयमा गरुडा न.पा.वडा नं.८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० को निरन्जन रामलाई घाँटी काटी कर्तव्य गरी मारेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका प्रतिवादी मृतक विजय महरा समेतको सोधपुछ लागी पक्राउ गरिएको थियो ।