Take a fresh look at your lifestyle.
npa 9 suchana

डि.आई.जी. ब्रम्हाचार्यद्वारा महोत्तरीको सीमा निरीक्षण

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

महोत्तरी ,भाद्र २० ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगत सात महिना देखि सीमामा खटिरहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरीका डि.आई.जी. कृष्णभक्त ब्रम्हाचार्यले महोत्तरीको विभिन्न सीमानाकामा पुगि आवश्यक निर्देशन दिनुभएको छ ।
प्रदेश न २ को धनुषा र महोत्तरी जिल्लामा कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रण विषयक प्रदेश स्तरीय एक दिने कार्यशाला गोष्ठी बर्दिवास छिन्नमस्ता बाहिनीमा सम्पन्न भएको दुई दिन पछि सीमाको सुरक्षा परिचालन तथा वस्तुस्थितीको डि.आई.जी. ब्रम्हाचार्यले महोत्तरीका प्रत्येक सीमानाकामा आफै पुगि निरीक्षण अवलोकन गरी त्याहाँ खटिएका सशस्त्र प्रहरीलाई निर्देशन दिनु भएको हो ।
डि.आई.जी. ब्रम्हाचार्यले महोत्तरीको मटिहानी सशस्त्र प्रहरीको न ९ गण र मटिहानी देखि खैरहवनी सम्मका ७ वटा वि.ओ.पि. र आवश्यकता अनुसार राखिएका फर्वाड अव्जरभेसन पोष्टमा पुगि कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण समुदायस्त्तरमा फैलदै जान थालेकाले थप गम्भिर परिस्थितीको आङ्कलन गर्दै विगतमाझै सीमा हुने आवत जावतलाई कडाई वनाई राख्न निर्देशन दिनुभयो ।
वहाँले जनस्तरमा कोरोना संक्रमण त्यसको असर र सम्भावित क्षति एवं नागरीक र सुरक्षाकर्मीले अवलम्वन गर्नुपर्ने सुरक्षात्मक उपायहरुको वारेमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम संचालन गर्न मातहत कर्मचारीलाई निर्देशन दिनुभयो । डि.आई.जी. ब्रम्हचार्यले लकडाउन पश्चात राज्यले तोकेका सीमानाकाबाट औपचारीक रुपमा नेपाल प्रवेश गरेकाहरुको कन्ट्याक्ट ट्रयाकिङ्गमा ध्यान पु¥याई त्यस्ता व्यक्तिहरुको खोजिगरी क्वारेन्टिन तथा आईसोलेशनमा राख्न सरोकारवालालाई सहयोग पु¥याउन र अन्य सुरक्षा निकायहरु एवं छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरुसँग निरन्तर सम्पर्क समन्वय र आवश्यक सहकार्य गरी सुरक्षा नागरिक समन्वयात्मक रुपमा कार्य गर्न पनि निर्देशन दिनुभयो ।डि.आई.जि. ब्रम्ह्रचार्यले सीमा सम्वेदनशिलतालाई मध्यनजर गर्दै वि.ओ.पि. जलेश्वरलाई यथासिघ्र थप २ वटा फर्वाड अब्जरवेशन पोष्ट स्थापना गर्न निर्देशन दिनुभयो । स्थलगत निरीक्षणका क्रममा डि.आई.जी. ब्रम्हचार्यले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितीको वारेमा पनि जानकारी लिनुभयो ।
महोत्तरीको ३८ देखि ४० कि.मि. अन्तराष्ट्रिय सीमामा सशस्त्र प्रहरीका ६५४ जनशक्ति परिचालित छन । अनधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वि.ओ.पि. सहित जिल्लाको सकरी, मधबा र कट्टीमा थप ३ फर्वाड अव्जरभेसन पोष्ट राखिएको छ भने २ स्थापनाको क्रममा छन । हाल सम्म सीमामा अग्रपङ्कतिमा खटिने २८ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ भने १९ रिकभर भईसकेका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.