Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

पुजारी हत्याका फरार अपराधी पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १८ भाद्र ।
माधवनारायण न.पा. वडा नं. २ खेसरहिया वजारमा रहेको हनुमान मन्दिरको पुजारी राम साहको हत्याका आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
देवाही गोनाही न.पा. वडा नं. १ करुनिया बस्ने वर्ष ३६ को नरेश भन्ने राम नरेश राउत पटेल तथा सोही स्थान निवासी वर्ष २८ को बाल कुमार पटेललाई पक्राउ गरिएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर जनाएको छ ।
केहि अन्य व्यक्तिहरु पनि निज पुजारीको हत्यामा संलग्न रहेको भन्ने अनुसन्धानको शिलशिलामा खुल्न आएको र निज राम नरेश राउत पटेल र बाल कुमार पटेललाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले बौधिमाई न.पा. वडा नं. ७ वडकी बंकुल एरियाबाट हिजो विहान पक्राउ गरिएको थियो ।
६५ वर्षीय राम साहको भाद्र ३ गते अन्दाजीं. २०ः३० बजेको समयमा अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरी फरार रहेको सन्दर्भमा अनुसन्धान गर्दा प्रारम्भिक अनुसन्धानबाट राम नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटना नजिक रहि मानिसको आवत जावतलाई निग्रानी गरेको भनि निजहरुले अपराध स्विकार गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
राम नरेश पटेलको बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको थियो । मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवन पश्चात मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने र घटना हुनु भन्दा ३ दिन अघि राम नरेश पटेल र पुजारी बिच बिवाद भएको थियो । गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने क्रममा पुजारी र राम नरेश पटेल लगायत अन्य सँग धेरै पल्ट वादविवाद भएको थियो। यस घटनामा संलग्न अन्य फरार रहेको अपराधीको खोजी भई रहेको छ । पक्राउ परेको अभियुक्तहरुलाई सम्मानित जिल्ला अदालत गौर बाट १० दिनको म्याद थप भई अनुसन्धान शुरु गरिएको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी अंशु कुमार सिंहद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाएको छ।

यमुनामाई गाउँ पालिकाको सुचना

()

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.