Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि ज्ञान केन्द्रका निमित प्रमुख श्रीवास्तव माथि मगलवार कारवाईका लागी जिप्रका गौरमा उजुरी

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २६ कार्तिक ।
नेपाल पत्रकार महासंघ प्रदेश न २ का सदस्य शैलेन्द्र झाले कृषि ज्ञान केन्द्रका निमित प्रमुख रवीन्द्र कुमार श्रीवास्तव माथि मगलवार कारवाईका लागी जिल्ला प्रशासन कार्यालय गौर रौतहटमा उजुरी दिएका छन ।
कृषि ज्ञान केन्द्रमा व्यापक अनियमितता भएको आशंका लागेकोले प्राङ्गारिक मल , स्यालो ट्यूवेल , भवनको छत मर्मत र विजुली वाइरिङ्गमा अनियमितता भएकोले आवश्यक कारवाही का लागी मगलवार जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दर्ता गराएका हुन ।
सार्वजनिक खरिद ऐन विपरित कृषि ज्ञान केन्द्र गौरका निमित प्रमुख श्रीवास्तवले विभिन्न शिर्षकमा खर्च गरी अनियमितता गरेकोले जिप्रकामा उजुरी दिएको झाले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना

महासंघ प्रदेश न २ का सदस्य झालाई कृषि ज्ञान केन्द्रका निमित प्रमुख रवीन्द्र कुमार श्रीवास्तवले धम्की दिदै अभद्र व्यवहार गरेकाले कारवाइ समेत माग गरेका छन । ।
कृषि ज्ञान केन्द्र गौर रौतहटमा व्यापक अनियमितता भएको थाहा पाउदाँ सत्य तथ्य जानकारी लिन नेपालको संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ बमोजिम सुचना माग निवेदन दर्ता गराउन सुचना अधिकारी समइा जाँदा निमित प्रमुख श्रीवास्तवले सुचना दिन मिल्दैन भन्दै अभद्र व्यवहार गरेका हुन ।
सुचना अधिकारी समक्ष कार्तिक २३ गतेका दिन निवेदन दिएकोमा निवेदन सँग नागरिकताको प्रतिलिपी राख्न आग्रह गर्दा मैले नागरिकताको प्रतिलिपी लिई कार्तिक २४ गते सुचना अधिकारी समक्ष जाँदा कार्यालयका नि प्रमुख रवीन्द्र कुमार श्रीवास्तवले अभद्र व्यवहार गर्दै सुचना नदिने अभिव्यतिm दिएको हुनाले कृषि ज्ञान केन्द्रमा व्यापक अनियमितता भएको आशंका लागेकोले प्राङ्गारिक मल , स्यालो ट्यूवेल , भवनको छत मर्मत र विजुली वाइरिङ्गमा अनियमितता भएकोले आवश्यक कारवाही का लागी मगलवार जिल्ला प्रशासन कार्यालय रौतहटमा झाले उजुरी निवेदन दर्ता गराएका छन । कृषि ज्ञान केन्द्र गौर रौतहटले कसैले सुचना माग गर्दा अभद्र व्यवहार गर्दै फर्काउने गरेका छन । विगतमा रौतहटका संचारकर्मीहरुले कति पटक सुचना माग गरेको हो तर हाल सम्ममा कसैलाई सुचना दिएको छैन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.