Take a fresh look at your lifestyle.
npa 9 suchana

कृषि ज्ञान केन्द्रका प्रमुख माथि महांसघको घोर भत्र्सना

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २६ कार्तिक ।
नेपाल पत्रकार महास.घ रौतहट शाखाका सदस्य तथा प्रदेश सदस्य संचारकर्मी शैलेन्द्र झाले कृषि ज्ञान केन्द्र गौर रौतहटमा सुचनाको हक बमोजिम लिखित रुपमै समाचार तथा अध्ययन प्रयोजनका लागी विभिन्न शिर्षकको सुचनाको जानकारी माग गर्न जादाँ कार्तिक २४ गतेका दिन सो कार्यालयका निमित प्रमुख रवीन्द्र कुमार श्रीवास्तवले अशिष्ट भाषाको प्रयोग गर्दै अभद्र व्यवहार गरेको प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाको ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा यस अघि पनि रौतहटका केही संचारकर्मीहरुले सुचना माग गर्दा संचारकर्मी प्रति कृषि ज्ञान केन्द्रका प्रमुख र जिम्मेवार व्यतिmहरुले गरेको व्यवहार निन्दनिय रहेको महासंघलाई अवगत नै रहेका विज्ञप्तिमा उल्लेख छ । संचारकर्मीले अध्ययन तथा समाचार प्रयोजनका लागी सम्बन्ति कार्यालयको सुचना अधिकारी समक्ष सुचनाको हक अन्तर्गत लिखित रुपमै जानकारी माग गर्न सकिने प्रवधान रहेको विज्ञप्तिमा उल्लेख छ । सुचना माग गर्दा आफना व्यतिmगत स्वार्थ पुर्तिका घटना उजागर हुने त्रासमा संचारकर्मी माथि गरिने दुर्वव्यवहारको घोर भत्र्सना महासघले गरेको छ । यस किसिमका घटनाहरको बारेमा सम्बन्धित निकायको ध्यानकर्षण गराउदै भविष्यमा यस्ता घटना नदोहर्याउन समेत अनुरोध विज्ञप्ति मार्फत गरेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.