

रौतहट २२ मसिर ।
रौतहटको राजपुर फरहदवामा भएको बम काण्डमा फरार प्रतिवादी मो. महताव आलमलाई आज प्रहरीले पक्राउ गरेको छ ।
श्री नारायण सिह राजपुतको जाहरीले वादी नेपाल सरकार प्रतिवादी मो आफताव आलम समेत भएको कर्तव्य ज्यान तथा ज्यान मार्ने उधोग मुद्धामा मो. महताव आलमलाइ पक्राउ गरेको हो ।
जाहेर वाला श्री नारायण सिह राजपुतको छोरा पिन्टु भन्ने त्रिलोक प्रताव सिह राजपुत समेत गरी १५ ।१६ जना घाइते र २।३ जनाको मृत्यु भएकोमा मृतक र घाइतेहरुलाई ट्र्याक्टरमा लोड गरी निजकै इटा भट्ठामा लगी जलाइएको घटना सम्बन्धमा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवं पक्राउ गर्ने क्रममा साविक गाविस राजपुर फरहदवा ४ हाल राजपुर नगर पालिका ४ वस्ने मो. सिद्धिकी वेदिलको छोरा वर्ष ५५ को मो. महताव आलमलाई २ न प्रदेश प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले आज सोमवार पक्राउ गरेको हो ।
नेपाल भारत सिमानामा पर्ने बौधीमाई नगर पालिका वडा न ७ बडकी बकुल एरियाबाट पक्राउ गरिएको २ न प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आलमले आफनो दाई मो अफताव आलमको निर्देशनमा घटना लुकाउने उदेश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखी इटा भट्ठामा जलाइएको स्वीकार गरेको खुल्न आएको उपरिक्षक प्रसाइद्धारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
२०६४ साल चैत्र २८ गते भएको संविधान सभा चुनावलाई लक्षित गरी धाँधली गर्ने मनसायले चैत्र २७ गतेका दिन करिव ६ वजेको समयमा साविक गाविस राजपुर फरहदवा वडा न ४ हाल राजपुर नगर पालिका वडा न ४ शेख इद्रीशको गोठ घरमा प्रतिवादीहरुले विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोट भएको थियो । यस अघि रौतहट क्षेत्र न ३ का साँसद मो. अफताव आलमलाई प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गराए पछि पुर्पक्षका लागी साँसद आलमलाई कारागार चलान गरेको थियो । अहिले नख्खु कारागारमा छ । कारागारमा गए पछि साँसद पदबाट पनि निलम्बित भएको थियो ।