

, रौतहट १३,पुस ।
नेपाली कांग्रेस रौतहट द्धारा संसद विघटनको विरोधमा आज विभिन्न क्षेत्र तथा नगर पालिका स्तरिय विरोध प्रदर्शन गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले रौतहट जिल्लाको सदरमुकाम गौर , दुर्गा भगवती गाउँ पालिकामा रहेको गगपिपरा वजार , गढीमाई नगर पालिकाकाका समनपुर वजार , परोहा र राजपुर नगर पालिकाका राजपुर वजार , कटहरिया वजार ,र चन्द्रपुर वजार लगायतका ठाउँमा विरोध प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरुद्धमा सडक प्रदर्शन गर्न लागेका नेपाली कांग्रेसका पुर्व साँसद जितेन्द्र यादवले बताए । १० गतेका दिन काग्रेसका केन्द्रीय कार्यसमिति बैठकले संसदीय क्षेत्रमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको अनुरुप आज रौतहटका चार वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन भएको नेपाली काग्रेसका जिल्ला सभापति कृष्णा यादवले बताए ।