, रौतहट १४ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरिएको संसद विघटन लाई सडकबाट स्थापित नभए सम्म आन्दोलन जारी रहने बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटद्धारा आयोजित विशाल विरोध जुलुस प्रर्दशन पश्चात विपी चोकमा कोण सभालाई सम्बोधन गर्दै उतm कुरा पुर्व उधोग मन्त्री यादवले बताएका हुन । केही काग्रेस पार्टीका नेता र केही नेकपाको नेताले प्रतिगामी कदम चाल्न अघि बढेको बताए । प्रमुख अतिथिको रुपमा रहेका नेता यादवले प्रतिगामी कदम चाल्ने नेतालाई भविष्यमा जनताले मूल्याँकन गरिने बताए । कुनै हालतमा प्रतिगामीलाई विजय हासिल गर्न नदिने हामी लागी रहने प्रतिवद्धता पुर्व मन्त्री यादवले व्यतm गरेका थिए । नेकपाका जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा कोण सभा सम्पन्न भएको थियो । सदरमुकाम गौरको राइस मिल्लको प्राङ्गनमा विभिन्न क्षेत्रबाट आएका विरोध जुलुस एकत्रित भई गौर नगर भरी परिक्रमा गर्ने क्रममा प्रधानमन्त्री ओलीका विरुद्धमा चर्को नारा लगाएका थिए । दुर्गा भगवती गाउँ पालिकाका विभिन्न वडा बाट शम्भु सिहको नेतृत्वमा , चन्द्रपुरबाट साँसद रामकुमार भटराई , ओहिद अन्सारी को नेतृत्वमा , मौलापुरबाट भोला पाण्डेको नेतृत्वमा ,यमुनामाई बाट मेयर चन्द्रिका प्रसाद मुखियाको नेतृत्वमा , राजदेवी नगर पालिकाका भिखारी यादवको नेतृत्वमा , जुलुस प्रर्दशन हुदै सदरमुकाम गौरमा जम्मा भई विशाल जुलुस प्रर्दशन गरेका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments