Take a fresh look at your lifestyle.
npa 9 suchana

राष्ट्रिय जनगणना २०७८ मेरो गणना मेरो सहभागिताका मूल नाराका साथ शुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २५ भदौ ।
राष्ट्रिय जनगणना २०७८ मेरो गणना मेरो सहभागिताका मूल नाराका साथ जिल्लामा शुरु हुन थालेका छन । जिल्ला जनगणना कार्यालय गौरद्धारा आयोजित कार्यक्रममा जिल्ला जनगणना अधिकारी देवनाथ यादवले गौर ,गरुडा , चन्द्रनिगाहपुर, कटहरिया र बौधीमाई कार्यालय स्थापना भएको बताए । जिल्लामा स्थापना भएको कार्यालयले सम्बन्धित नगर पालिकामा अनगमन ,सुपरिवेक्षण कार्य गर्ने उनले बताए । जिल्ला देखि वडा कार्यालय सम्म राष्ट्रिय जनगणना २०७८ सफल पार्न विभिन्न समिति गठन भएको जिल्ला जनगणना कार्यालय गौरका अधिकारी यादवले बताए । भदौ ३० गते देखि १८ असोज सम्म १५९ जना सुपरभाइजरले घरको संकेत चिन्ह लगाउने उदेश्य बमोजिम कार्य गर्न तालिम तथा निर्देशन दिएको उनले बताए । कार्तिक २५ गते देखि ९ मंसिर सम्म गणकहरुले प्रत्येक घरमा पुगी घर परिवारको तथ्याँक संकलन गर्ने समय तोकिएकोले आ आफनो स्तरबाट सहयोग गर्नका लागी समेत प्रमुख यादवले आग्रह गरे । ६६० जना गणक तथा सुपरभाइजरहरुलाई तालिम तथा निर्देशन भएको प्रमुख यादवले स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय गौर रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनगणना महत्वपुर्ण रहेकोले सत्य तथ्य जानकारी दिन जिल्ला वासीसँग आग्रह गरेका छन । उनले तथ्याँक नै देशको आधार हुने भएकोले सत्य जानकारी गणकहरुलाई दिई राष्ट्रिय जनगणना २०७८मा सहभागी हुन भने । १० वर्षमा एक पटक हुने जनगणनामा सहभागी हुनका लागी उनले अपिल गरे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.