

, रौतहट २३ भदौ ।
आइटी किसान सघर्ष समिति रौतहटद्धारा आज विशाल ट्रक्टर –याली प्रर्दशन गरेको छ । गरुडा बजारबाट शुरु गरिएको टे«क्टर –याली जिल्लाका सदरमुकाम गौरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै विभिन्न खाले नारा लगाएका थिए । किसानहरुलाई युरिया मल तत्काल व्यवस्था गर , किसानलाई पेन्सनको व्यवस्था गर ,किसानलाई विमा गर , किसानलाई ऋणको व्यवस्था गर ,टे«क्टरमा लाग्ने व्याजको मिनहा गर जस्ता अनेकौ नारा लगाएका थिए । रौतटह क्षेत्र न १ ख का प्रदेश सदस्य प्रत्यासी तथा नेकपाका रौतहट नेता उपेन्द्र साहको अगुआईमा हजारौको संख्यामा निस्केको टे«क्टर –याली विपी चोकमा कोण सभामा परिणत भएको थिए । सो कोण सभालाई सम्बोधन गर्दै नेता शाहले कृषि प्रधान देश नेपाल रहे पनि किसान सेवा सुविधाबाट वञिचत रहेको बताए । विभेदकारी नितिका कारण किसान पिडित रहेको उनले भने । नेपालका किसानले मल विउ , लगायत अन्य सेवा सुविधा नपाएको कारण उपजनीमा कमी आएको नेता शाहले बताए । नेपालको संविधानमा किसानका लागी उल्लेख नभएको कारण संविधानमा हाम्रा नेता प्रभु शाहले संविधानमा हस्ताक्षण नगरेको उनले स्मरण गराएका थिए । नेपालमा उपजनी नभएको कारण भारतबाट खद्धान्न ल्याउनु परेको दुःखका साथ उनले भन्दै मल तत्काल व्यवस्था गर्न माग गरेका थिए । शाहले किसानको मेहनत वारे कबिता समेत सुनाएका थिए । सो अवसरमा पार्टीका प्रदेश स्तरिय नेता , जिल्ला स्तरिय नेता ,नगर पालिका स्तरिय नेता तथा किसानहरुको सहभागिता रहेको थियो ।