Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रहरी ऐन कानुन बमोजिम कार्य गर्ने प्रतिवद्धता– प्रहरी उपरिक्षक घिमिरे

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ३० भदौ ।
जिल्ला प्रहरी कार्यालय गौर रौतहटका नवआगन्तु प्रहरी उपरिक्षक विनोद घिमिरेले प्रहरी ऐन कानुन बमोजिम कार्य गर्ने प्रतिवद्धता जनाएको छ । जिल्ला प्रहरी कार्यालय गौरद्धारा आयोजित परिचात्मक तथा अन्तरकृया कार्यक्रममा उनले उतm कुरा बताउदै सही नियतले काम गरेमा कलङंकीत नहुने बताए । सय अपराधी छुटुन तर एक निअपराधी नफस्नु भन्ने अवधारणा बमोजिम आफु अरु जिल्लामा कार्य गर्दै आएको बताए । यस जिल्लामा पनि सोही बमोजिम कार्य गर्ने उनले बताए । जिल्लामा घुमुवा परिचालन सही उदेश्य बमोजिम राख्ने गरे पनि घुमुवाले कानुन विपरित गरेमा कारवाई गर्ने बताए । तस्करी , चोरी , डकैती तथा अपराधी गतिविधिलाई निरुत्साह गर्ने तर्फ लाग्ने उनले स्पष्ट पारे । रौतहटमा पत्रकार र प्रहरी वदनाम भएकोले आफु सजग र सचेत रहेको बताए । जिल्लाको मूल्यांकन हामी गौर र चन्द्रनिगाहपुरको स्थितिलाई हेरेर गर्छौ तर दुरदराजको जनताको अवस्था कस्तो छ भनेको अवाज उठाइ दिने संचारमाध्यम रहेको बताए । दुरदराज सम्म नेपाल प्रहरीको पहुच रहेकोले नेपाल प्रहरीले दिने गरेको सेवा सन्तुष्ट छ छैन भने मूल्य विषय रहेको बताए । सो अवसरमा जिल्लाका संचारकर्मीहरुले मोहमद मोजबुल्लाहलाई प्रहरी कै सलग्नतामा लागू औषध मोटरसाइकलमा राखी फसाएको घटनाको प्रतिवेदन सार्वजनिक गर्न दवाव दिएका थिए भने जिल्लाका वस्तु स्थिति वारे जानकारी गराएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.