

, रौतहट २ असोज ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोर सहित मोटरसाइकल पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं. ३ वि.पी.चोक बाट ना.५२ प–१५९८ नम्बरको पल्सर मोटरसाईकल टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा जिल्लाको यमुनामाई गाउँपालिका वडा नं.५ वस्ने अं.वर्ष १९ को रुपक झा समेत मोटरसाईकल नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ । मोटरसाइकल चोरी सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको बताइएको छ । असोज १ गते २ बजेको समयमा चोर सहित मोटर साइकल पक्राउ परेको बताइएको छ ।


