Take a fresh look at your lifestyle.
npa 9 suchana

मिडियालाई निरुत्साहित गर्न ऐन ल्याएको होइन – मन्त्री यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट । प्रदेश नं. २ सरकारले मिडियालाई निरुत्साहित गर्न ऐन ल्याएको होइन भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताएका छन । पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउन संचार ऐन ल्याएको बताए । केही बुन्दाहरुमा त्रृटि रहेकोले सच्याउन तर्फ लागी परेको उनले बताए । मिडिया प्राधिकरण तथा आम संचारको गठन गरी मिडियालाई दक्षता बनाउन गृह कार्य भइ रहेको बताए । अनलाईन कान्तिपुर डटकमलाई उदघाटन गर्दै मन्त्री यादवले, रौतहटको पत्रकारितालाई मर्यादित बनाउन पत्रकारहरुसंग आग्रह गरेका थिए । पत्रकारिता समाजकाका लागी अहम हुने भएकोले यसको गरिमा बढाउन अनलाईन कान्तिपुर डटकमले भुमिका खेल्नु पर्ने भन्दै, मन्त्री यादवले, स्वच्छ, सत्य तथ्य र खोज पत्रकारितामा जोड दिन आग्रह गरे ।
सम्राट अनलाईन कान्तिपुर प्रा.लि.द्धारा संचालित अनलाईन कान्तिपुर डट.कम उदघाटन कार्यक्रमको विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ कार्य समितिका सदस्य शैलेन्द्र झाले पत्रकारिता शुरुआत गर्नु कुनै ठुलो कुरा नभए पनि यसको गरिमा जोगाई सत्य, तथ्य र खोजमुलक पत्रकारिता गर्ने सुझाव दिए । पत्रकारिता सेवाको भावनाले काम गर्नु पर्ने आवश्यकता रहेको बताउदै इष्र्या , रिस रागले होइन उनले भने । स्थानीय समाचारलाई बढी प्राथमिकतामा राखी अवाज विहिनको अवाज बन्ने उनले भने ।
समाजिक संजाल मात्र सानो जानकारीको लागि रहेको बताउदै सामाचार पत्रिका, अनलाईनमा मात्र लेख्नु पर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन् । अध्यक्ष झाले, समाचारलाई समाजिक संजालमा प्रयोग गर्दा समाचारको अस्तित्व नै समाप्त हुने हुदाँ त्यस्तो कार्य नगर्न र जहिले पनि पुर्ण समाचार पत्र पत्रिका तथा अनलाईन संचार माध्यममा लेख्नु पर्नेमा जोड दिए ।
सम्राट अनलाईन कान्तिपुर प्रा.लि.का अध्यक्ष संजिव झाको अध्यक्षतामा भएको थियो भन्ने कार्यक्रममा गरुडा नपा वार्ड नं. १ का वडा अध्यक्ष सरोज यादव, नेपाल पत्रकार महासंघको सदस्य तथा संगम खबर डटकमको सम्पादक दिनेश संगम, रौतहट टुडेका जितेन्द्र दास, संचाकर्मी, श्रीकान्त यादव, जितन यादव, सोनु कुशवाहा, श्रीनिवास ठाकुर लगायतका व्यक्तिहरुको सहभागिता रहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.