Take a fresh look at your lifestyle.
npa 9 suchana

गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट ७ असोज ।
गरिव दलितलाई आवासको व्यवस्था सहित छुवाछुत र विभेद विरुद्ध सशतm सघर्षका लागी भेला कार्यक्रम आज देवाही गोनाहीको मधेश सस्कृति सग्रालयमा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि शहरी विकास मन्त्रालयका पुर्व मन्त्री प्रभु साहले विगत चार वर्ष देखि गरिव दलितको लागी आएको आवास रकम स्थानीय तहका प्रमुखले दिन सकेका छैन । प्रति घर ३ लाख ५० हजार गरिव दलितको पक्की घर बनाउनका लागी मन्त्रालयबाट आएको रकम स्थानीय तहले फ्रिज गराउने गरेको बताए । प्रदेश सरकारमा प्रति वर्ष करिव १ अर्व ५० करोड रुपैयाँ गरिव दलित लाई घर बनाउन आउने गरेको मन्त्री साहले बताए । प्रदेश सरकारमा आएको रकम गरिव दलितले नपाउनु दुख्द हो उनले बताए । गैर दलितलाई सुरक्षित आवासको लागी प्रति घर ५० हजार आउने गरेको मन्त्री शाहले अवगत गराएका थिए । आफु शहरी मन्त्री भए पछि ७५ हजार रुपैयाँ बढाएको बताउदै विगत तीन वर्ष देखि सो रकम आइ रहदाँ पनि मेयरहरुले दिन अनाकानी गरि रहेको आरोप लगाए । चौथो बैठक गरि रहेको बताए । मौलापुर , कटहरिया ,गौर र देवाहीमा बैठक गरी गरिव ,दलितको घर बनाउन आएको रकम दिलाउन पहल गर्दै आएको उनले बताए । विगत चार वर्ष देखि आएको गरिव दलितको रकम पाउन नसकेकाले उनले दुःख व्यतm गरे । रौतहटमा १८ वटा स्थानीय तह मध्ये दुई वटा नगर पालिकाले मात्र घर बनाउन रकम दिएको बताउदै अन्य स्थानीय तहमा सो रकम कहाँ गएको थाहा हुन नपाएको बताए । गरिव दलित र नेताहरु एकजुट भए गरिवको घर पक्कै बन्ने बताए । भेलाको मूख्य उदेश्य गरिव दलितको घर बनोस मात्र रहेको मन्त्री शाहले बताए । सो अवसरमा नेता उपेन्द्र शाहले वर्तमान संविधानमा दलित , गरिव , किसानको हक अधिकार विहिन बनाएकोले संविधान सशोधन गर्न माग गरेका थिए । सोही क्रममा कटहरिया नगर पालिकाका मेयर सियाराम कुशवाहा , मौलापुर नगर पालिकाकी मेयर रिना कुमारी शाह , यमुना माई गाउँ पालिकाका उपमेयर गिता देवी शाह , माधव नारायण नगर पालिकाका उपमेयर सिमल कुमारी शाह , फतुवा वियपुर नगरपालिकाका उपमेयर कान्ती देवी , लगायतका महानुभावहरुले आ आफनो मन्तव्य राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.