Take a fresh look at your lifestyle.
npa 9 suchana

नेपाल सोनार समाज रौतहटको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


कार्तिक १ गते ।
नेपाल सोनार समाज रौतहटको साधारणसभा तथा दोस्रो अधिवेशनको प्रमुख अतिथि डा. महादेव साहले जातिय उत्थानका लागि एकता जरुरी रहेको बताएका छन । सोनार जाति अन्य जातीको तुलनामा पछाडी परेकोले साझा उत्थानमा योगदान गर्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए । । सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश न २ का सभापति तथा कार्यक्रमका विशिष्ट अतिथि रामजी साह सोनारले आफुले सकेको जति सोनार जातीका उत्थानका लागी अहोरात्री खटेको बताए । आफनो कामकाज छाडी सोनार जातीका लागी गाउँ गाउँ घुमेको बताए । शिवनगरका प्रसाद साहले अस्पतालका लागी दिएको १० कठा जग्गामा शालिक समेत बनाउन लगेको बताए । सोनार जातीका डाक्टर , इन्जिनियर , सुनचाँदी व्यवसायी ,जेष्ठ नागरिक समेतलाई सम्मान गरेको बताउदै छुट भएकालाई पनि सम्मान गर्ने प्रतिवद्धता उनले जनाएका थिए । विभिन्न किसिमका कठिनाइको बाबजुद पनि भव्य र सभ्य शान्ति पूर्ण साधारणसभा तथा दोस्रो अधिवेशनमा सहभागीलाई धन्यवाद समेत विशिष्ट अतिथि साहले दिए । सोनार जातीका बालबालिकालाई अध्ययन अध्यापनमा जोड दिन अपिल पनि गरेका थिए । बाल बालिकालाइ अध्ययन अध्यापनमा कठिनाई भए आफुले सहयोग गर्न प्रतिवद्धता साहले गरे । दहेज प्रथा पनि बढदै गएकोले रौतहटबाट नै सोनार जातीमा दहेज प्रथा हटाउन आग्रह गरे । मौलापुर मालपोत कार्यालयका प्रशासकीय अधिकृत बाबुनन्द साहले आफनो डाक्टर छोरालाई विना दहेजको विवाह गरेको प्रति अभार व्यतm गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश न २ का सभापति साहले आउदो दिनमा सबैले अनुसरण गर्न आग्रह गरे । सोही क्रममा विशिष्ट अतिथि श्रीचरण साह, विशिष्ट अतिथि चन्द्र साह, मोरङ्ग जिल्ला अध्यक्ष महेश कुमार साह, बाबुनन्द साहलाई सम्मान गरिएको थियो । यसै गरी लालबहादुर साह, मनोज साह, दामोदर साह, उमेस सोनि, मुकेस साह, सरोज साह,जय प्रकाश साह,सगुनी साह, डा.महादेव साह , रामजि साह ,डा.निुतुरानि सराफ, राकेश साह ,राजेश साह ,गोवपन्द साह,पुजा सोनि ,प्रभु प्रसाद साह, डा.कृष्नन्दन साह ,डा.कुन्दन सागर,नरेश साह ,ईन्जिनियर डा.महादेव साह , जयकिशाोर साह,दिलिप कुमाार साह, सुरज साह ,राजु साह,अरुण कुमार सोनी ,ओम प्रकाश साह ,युवा समाजसेवी ,उमेश साह लाई समेत सम्मान गरेका थिए । राजनितिक क्षेत्रमा संलग्न श्यामबाबु साह,,रामबाबु साह, सुरेन्द्र साह,रामप्रवेश साह, हरिॐ साह, दीपनानारातण साह, रामजीवन साह लगायतलाई सम्मान गरेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.