, रौतहट ४ कार्तिक ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले भ्रष्टाचारलाई निरुत्साहित गर्न हरेक कदम चालिने बताएका छन । जिप्रका रौतहटद्धारा आयोजित पत्रकार सम्मेलनमा नव आगन्तुक प्रजिअ शाहीले बताएका हुन । भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,सर्तकता केन्द्र लगायतका निकायले कार्य गर्दै आएको बताउदै जिप्रकाले पनि भुमिका निर्वाह गर्न पछाडी नपर्ने बताए । स्थानीय निकायको चुनाव आउदै गरेकोले स्थानीय जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त हुन सक्ने सर्वत्र चर्चा रहेको प्रति आफु सजग र सचेत रहेको बताए । केन्द्र , प्रदेश र आन्तरिक आयको सुचना माग गरी सत्य तथ्य जनमानमा सुचना प्रवाह गर्न संचारकर्मीहरुलाई उनले सुझाव दिएका थिए । जिप्रकाको आन्तरिक सुधार गर्न आफु पहल गरी रहेको प्रजिअ शाहीले बताए । आउदो दिनमा जिप्रकामा सुधार हुने उनले प्रतिवद्धता जनाएका थिए । सोही अवसरमा जिल्लाका गतिविधि वारे संचारकर्मीहरुले सुझाव तथा सल्लाह दिएका थिए ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments