, रौतहट ५ कार्तिक ।
महान जनयुद्ध र हजारौं शहिदको अपमान गरेर कुर्सीको चक्करमा खिचड़ी संसदीय ब्यवस्था खड़ा गरि देशलाई अन्यौल ग्रस्त एवं अस्थिर बनाउने पुष्प कमल दहाल (प्रचण्ड ) कै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको पुर्व मन्त्री प्रभु शाहले बताएका छन ।
प्रचण्डले आफÞनो ब्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिंगÞै देशलाई नै अस्थिरताको खाडलमा धकेलने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी÷क्रान्तिकारीहरु एकताबद्ध हुन सक्दैन शहरी विकास मन्त्रालयका पूर्व मन्त्री शाहले बताएका हुन ।
वर्तमान राजनीतिक संकटको अग्रगÞामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता रहेको उनले स्पष्ट पारेका छन ।
यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ बताउदै उनले जनतालाई धोखा दिने अनैतिक. असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा कदापि नजाने उनले बताए ।
विभिन्न समाचार माध्यममा पूर्व मन्त्री प्रभु शाह माओवादीमा नै फर्किने समाचार प्रति आपति जनाउदै भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि प्रश्न चिन्ह खडा भएको उनले टिप्पणी गरे । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सबैमा आग्रह मन्त्री शाहले गरेका छन ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments