, रौतहट २२ मसिर ।
माधवनारायण नगरपालिकाकी उप–प्रमुख सिमल कुमारी साहले माधवनारायण–४ विसुनपूर्वा मानपुरमा लोक आस्थाका पर्व छठ घाटको शिलान्यास गरेकी छिन । छठ पर्वका बर्तालु तथा श्रद्धालुको माँग अनुसार छठ घाटको शिलान्यास गरिएको उपमेयर सिमल कुमारी शाहले बताए । उनले आफुले गरेको वाचा अनुसार छठ घाटको शिलान्यास गर्न आउदा हर्षित भएको बताइन् । भेल्हीमा दलित सामुदायीक भवन निर्माण , चमार टोलमा विद्यालय भवनको मर्मत , सलेश मन्दिर निर्माण ,श्री राम शाहको स्मृतिमा हनुमान मन्दिर निर्माण र सामुदायीक भवन निर्माण ,लगायत पक्की सडकका कार्यहरु आफनो सक्रियाता गराएको उपमेयर शाहले बताइन् । उप मेयरको काम कर्तव्य र जिम्मेवारी न्याय समितिको काम कारवाई मात्र रहने गरे ता पनि आफुले सघर्ष गरी विकासका कार्यहरु गर्न सफल भएको उनले स्पष्ट पारिन् । नगर पालिकाका वजेट संचालन गर्न मेयरको जिम्मा मात्र रहेको उनले बताइन् । सो कार्यक्रममा ने.क.पा एमालेका नेता उपेन्द्र यादव,जयलाल मूखिया,रामसागर मूखिया,श्यामबाबु हजरा,राजेन्द्र ठाकुर,देवनारायण मूखिया,किशोरी मूखिया,लालबाबु पण्डित,सुखल हजरा लगायत समाजका भद्र भलादमीहरुका सहभागिता रहेको थियो ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments