Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुर बाजार क्षेत्रका बिभिन्न चौकको नामाकरण

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट १ माघ ।
मौलापुर बाजार क्षेत्रका बिभिन्न चौकको नामाकरण गरिएको छ । मौलापुर बाजारको बिस्तार संगै नयाँ चौकहरुको नामाकरण गरिएको हो । बजारका विभिन्न क्षेत्रमा सडक निर्माण भए पनि सडकमा पर्ने चौकको नामाकरण नभएको कारण आम जनतामा अन्यौलता भईरहेकोले विभिन्न चौकको नामाकरण गरिएको मौलापुर नगर पालिकाले जनाएको छ । मौलापुर नगरपालिकाको कार्यपालिका बैठकले एतिहासिकता, मौलिकता र आधुनिकताको आधारमा विभिन्न चौकको नामहरु राखिएको मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाहले बताइन् । मौलापुर बजार क्षेत्रका चौकहरुलाई स्मार्ट सिटी चौक , अद्धभूतनाथ चौक ,महाविर चोक ,क्याम्पस चौक र हिम गिरी चौक राखिएको मौलापुर नगर पालिकाका प्रशासकीय अधिकृत राम बाबु शाहले बताए । मौलापुर नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार जननेता प्रभु साहको उपस्थितिमा विधिपूर्वक विभिन्न नाम सहितको बोर्डÞहरु स्थापना गरि नामाकरण गरिएको हो । नामाकरणको लागि मौलापुर नगरपालिकालाई विशेष धन्यवाद दिदै जननेता प्रभु साहले मौलापुर नगर पालिकाले सराहनीय कार्य गरेको बताए । आउँदो दिनहरुमा पनि राम्रो कार्य गर्ने छ भने विश्वास व्यतm गर्दै नेता शाहले आफु पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यतm गरेका थिए । जननेता शाहको प्रमुख आतिथ्यमा विभिन्न क्षेत्रका बोर्डहरु स्थापना गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.