

, रौतहट २३ माघ ।
प्रेस चौतारी नेपालको सातौ जिल्ला अधिवेशनबाट उतम कुमार उपाध्यायको अध्यक्षतामा १९ सदस्यी जिल्ला कार्य समिति रौतहटको चयन गरेको छ । शनिवार आयोजित सातौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा नन्द भुषण श्रीवास्तव ,उपाध्यक्ष समावेशी मञजु मानन्धर ,सचिव मुकेश साह , सह सचिव राकेश यादव ,सह सचिव समावेशी राम प्रवेश बैठा , कोषाध्यक्ष अमृत सापकोटा सर्व सहमतबाट चयन भएको छ ।
यसै गरी सदस्यहरु कमल यादव ,रमेश जयसवाल ,राज कुमार यादव ,कल्याणी झा ,राज करण यादव ,राजु कमार श्रीवास्तव ,जयन्ती झा ,सागर ठाकुर ,स्मित रजक ,देवेन्द्र यादव ,शर्मिला नेपाल ,सुनिल रजक छनौट भएको प्रेस चौतारीका मधेश प्रदेश सयोजक फनी महतले बताएका छन ।