, रौतहट १६ माघ ।
नेकपा एमालेका मधेश प्रदेशका सहइन्चार्ज सुमन राज प्याकुरेलले सहिदको अधुरो सपना सकार गर्न एमाले लागी परेको बताए । माधवनारायण नगर पालिका माधोपुरद्धारा आयोजित श्री भानु राम सहिद स्मृति प्रतिष्ठानको उदघाटन गर्दै उनले सो बताउदै आफु पनि सहिद भानु रामको सपना सकार गर्न लाग्ने बताए । भानु रामको सपना पुरा गर्न हामी सबैले सपत लिनु पर्ने बेला आएको मधेश प्रदेशका सहइन्चार्ज प्याकुरेलले बताए । आफु नमरुञजेल सम्म सहिद भानु रामको सपना पुरा गर्न कदम चाल्ने बताए । भानु राम लगायत कयौ सहिदहरुको कारण आज देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको मधेश प्रदेशका सहइन्चार्ज प्याकुरेलले स्मरण गराएका थिए । नेपाली जनताको समृद्ध बनाउन तथा विकास गराउन केपी ओलीको सरकार आवश्यक रहेको उनले बताए । राणा शासन लगायत राजाले चालेको निरकुश शासनको कारण नेपाली जनता समृद्ध हुन नसकेको बताए । नेपाली जनता कम्युनिष्ठ पार्टीको पक्षमा रहेको पुष्टि भइ सकेको छ उनले भने । नेपाली काग्रेसका दुइृ तिहाइको सरकारले प्रजातन्त्रको रक्षा गर्न नसकेको आरोप उनले लगाए । २०५९ साल असार १९ गते चिकना टोलका करबोलमा दोहरो भिडन्तमा सेनाले भानु रामलाई गोली हानीएको थियो । माधवनारायण नगरपालिकाका उपमेयर सिमल कुमारी शाहको अध्यक्षतामा नेकपा एमालेका जिल्ला इन्चार्ज उपेन्द्र शाह , पुर्व साँसद बबन सिह , मौलापुर नगर पालिकाका मेयर रिना कुमारी शाह , पुर्व साँसद अब्दुल कलाम अजाद , राज किशोर यादव लगायतका वतmाहरुले सहिद भानु रामको जिवनी वारे प्रकाश पारेका थिए । सो अवसरमा गाउँका भद्रभलादमी ,बुद्धिजीवी, नेता कार्यकर्ता , महिलाहरुको सहभागिता रहेको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments