Take a fresh look at your lifestyle.
npa 9 suchana

साँसद प्रभु साहद्धारा वार्षिक प्रगति विवरण सार्वजनिक

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २७ माघ ।
रौतहट जिल्लाको क्षेत्र न ३ का तत्कालीन साँसद प्रभु साहले आफनो संसदीय कोषको वजेटबाट गरिएको बिकास कार्यलाई प्रत्येक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।
नेकपा एमाले स्थायी समिति सदस्य समेत रहनुभएका नेता साह आफना सम्पूर्ण काम कारवाहीको जानकारी मौलापुर सहित क्षेत्र नम्वर ३ का जनजनको घरमा बुकलेटको मार्फत जानकारी गराइसकेका छन् । जिल्लाको अति पिछडिएको क्षेत्र न ३ का विभिन्न गाउँ टोल लगायत सार्वजनिक बाटो निर्माण कार्यले क्षेत्र न ३ का अनुहार फेरिएको छ ।,
बाटोघाटोको अभाव, विजुली, खानेपानीको अभाव, शिक्षाको अभाव लगायत एउटा मानव जिवनमा चाहिने सामान्य आधारभुत आवश्यक्ताबाट विमुख रहेका उक्त क्षेत्रको अवस्थालाई कसरी सुधार गर्नुपर्ने हो त्यसप्रति युवा नेता प्रभु साह चिन्तीत भई त्यहाँका मुहार परिवर्तन गर्न उनले धेरै प्रयासका बाबजुद मौलापुर बजार लगायत क्षेत्र न ३ को अहिले जिल्लाको विकसित क्षेत्रको रुपमा भएका छन ।
जनपक्षीय नेता साहले क्षेत्र नम्वर ३ को प्रत्येक गाउँ गाउँमा जाने सडकको विस्तार गरेर स्तरउन्नती गरेको छ । खानेपानीको अवस्थालाई सुधार गरेको छ । , शिक्षाको उचित प्रबन्ध मिलाइएको छ ।, घरघरमा ग्यास चुल्हो सहितको एलपिजी सिलिण्डर वितरण गरेको छ । , छात्राहरुलाई साइकल वितरण गरेको छ । छात्रछात्राहरुलाई प्रविधि संग जोड्नका लागि ल्यापटप वितरण लगायतका सेवा सुविधाहरु प्रदान गरेका छन् ।
त्यती मात्रै नभई चोक चोकको नामाकरण, पुरातात्वीक मौलापुर महादेव मन्दीरको स्तरउन्नती, पिकनिक पार्क, विवाह मण्डव, बजार क्षेत्रको विस्तार, जनताहरुको जग्गा जमिनहरुलाई ल्याण्डपुलिंग गराएर उनीहरुलाई शहरीकरण संग जोड्ने औसर प्रदान गराउनमा उनको भूमिका सराहनीय रहेका छन ।
युवा नेता साह जस्तो जिल्लाको अन्य नेताहरु अ आफनो क्षेत्र प्रति उत्तरदायी भएर विकास गरेको भए सायद यो जिल्लाको विकास अग्र स्थानमा रहने थिए । , नेता प्रभु साह जस्तो भिजन अन्य क्षेत्रको नेताहरुमा आउनु नितान्त जरुरी देखिन्छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.