

, रौतहट २४ फागुन ।
स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादव माथि कारवाई गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले जोडदार माग गरेको छ ।
महासंघका जिल्ला सचिव मदन ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कार्य समिति सदस्य शैलेन्द्र झालाई स्वास्थ्य कार्यालय अधिकृत यादवले ज्यान मार्ने धम्की दिएकोले कारवाई गर्न सम्बन्धित निकायसंग माग गरेका हुन ।
स्वास्थ्य कार्यालयका अधिकृत यादवले ९७ लाख रुपैयाँ विगत वर्ष देखि पेश्की राखेको सन्दर्भमा प्रतिक्रिया लिन जाँदा यादवले समाचार लेखेमा ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख गरेका छन ।
यसै गरी प्रेस चौतारी नेपालले प्रेस विज्ञप्तिमा प्रकाशित गरी स्वास्थ्य कार्यालयका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादव माथि कारवाई गर्न माग गरेको छ ।
प्रेस चौतारी नेपालका जिल्ला सचिव मुकेश कुमार शाहद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो उल्लेख गरेका छन ।
प्रेस चौतारी नेपालले प्रेस स्वतन्त्रता विरोधी धम्की दिनेलाई कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकाय संग जोडदार माग गरेको छ । प्रेस चौतारी नेपालका केन्द्रिय पार्षद शैलेन्द्र झा लाई ज्यान मार्ने धम्की यादवले दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।