, रौतहट १० चैत्र ।
रौतहट जिल्लाका किसानहरुको लागी आएको सात करोड रुपैयाँ फिर्ता हुने स्थितिमा रहेको छ । २०७८ साल असोज ३१ गते देखि कार्तिक ३ गते सम्म अविरल वर्षा भई धानवाली नष्ट भएकोले विपत व्यवस्थापन समितिबाट धानवाली क्षति हुने साना किसान , मध्य किसान तथा ठुल्ला किसानका लागी आएको रकम फिर्ता हुन २७ दिन वाँकी रहेको छ । ६० दिन भित्रमा वितरण गरी किसान राहत पुरयाउन समितिको निर्देशन रहेकोमा ३३ दिन विति सक्दा स्थानीय निकायले क्षति भएको किसानको विवरण नपठाएकोले किसानको राहत हुने रकम फिर्ता हुने अवस्थामा रहेको छ । स्थानीय निकायका जनप्रतिनिधिले आफनो चुनाव लक्षित कार्य गरी रकम झवाम पार्ने अवस्थामा लागेकोले किसानको विवरण हाल सम्ममा नपठाएको बुझिएको छ । किसानका लागी आफु कार्य गर्ने गरी चुनावमा प्रचार प्रसार गरे पनि व्यवहारमा लागू देखिएको छैन । स्मरण रहोस २०७४ साल मा आएको बाढीले धनजन क्षति हुनुको साथै भौतिक सरचना पुर्ण रुपले नष्ट भएकोलाई क्षतिपुर्ति दिनका लागी आएको रकम समेत फ्रिज भएको थियो । १९ करोड रकम हाल सम्ममा वितरण भएको छैन । आपसी द्धन्द्ध तथा अस्वस्थ्य प्रतिस्पर्धाका कारण वितरण हुन नसकेको सम्बन्धित निकायले जनाएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments