, रौतहट ११ चैत्र ।
अख्तियार दुरुपयोग अनुसंनधान आयोगको कार्यालय हेटौडाको आयोजनामा आज भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरकृया गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा अख्तियार दुरुपयोग अनुसंधान आयोगका काठमाण्डौका माननीय आयुतm डा हरि पौडेलले गलत नियतले कार्य गरी सार्वजनिक सम्पति हानी नोक्सानी गर्नेलाई कारवाई गर्ने बताएका छन । असल नियतले काम गरेको खण्डमा समान्य गलतीहरुलाई क्षमय हुने उनले धारण राखे । भ्रष्टाचारलाई सुन्य सहनशिलतामा ल्याउने क्रममा ठुलो र सानो अख्तियारले देखिदैन उनले भने । संविधान र ऐनले तोकिएको जिम्मेवारी पुरा गर्न अख्तियार लागी परेको बताउदै उनले सुस्ताएको छैन र सुस्ताउदैनन पनि माननीय आयुतm पौठ्ड्लले भने । जति कमाए पनि मर्ने वेलामा लिएर जाने होइन उदाहरण दिदै भ्रष्टाचार गर्नेलाई निरुत्साहित गनै आ आफनो तर्फबाट पहल गर्न उनले आग्रह गरे । भ्रष्टाचारलाई न्यूनीकरण गर्न मिडियाको धैरै भुमिका रहेकोले सत्यमा आधारित समाचार प्रकाशन गर्न उनले सुझाव दिए । सय प्रतिशत पेश्की लिनु र दिनु सार्वजनिक खरिद ऐन विपरित रहेकोले कारवाइका लागी उजुरी दिन प्रश्नकर्तालाई सुझाव उनले दिए । सरकारी निकायले सुचना प्रकाशन गर्न आदेश दिए पछि भुतmानी नगर्नेलाई कारवाई गर्ने संचारकर्मीको जिज्ञासामा उनले बताए । सोही क्रममा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले मधेशमा बढी अनियमितता हुने गरेको बताए । जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादवले भ्रष्टाचारलाई बढावा नदिन कदम चालि रहनु पर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका प्रमुख अर्जुन कुमार शर्मा र उपसचिव वेद प्रसाद भण्डारीले कार्यपत्र प्रस्तुती क्रममा १८० देश मध्ये ११७ औ स्थान नेपाल रहेको बताए । २२ हजार ६२५ उजुरी मध्ये १४ हजार ५३२ फछर्योट गरी ११४ जना माथि विशेष अदालतमा मुद्धा दर्ता गराएको अवगत गराएका थिए । १ अर्व ८९ करोड ५५ लाख ४३२ को विगो माग दावी रहेको उनले बताए । गौर नगर पालिकाका मेयर अजय कुमार गुप्ताले समाजिक सुरक्षामा भई रहेको अनियमिततालाई कम गरेको बताए । उपमेयर किरण ठाकुर नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा संचारकर्मी प्रभात झा ,यमुना माई गाउँ पालिकाका उपमेयर गिता देवी , मौलापुर नगर पालिकाका प्रशासकीय अधिकृत राम बाबु शाह ,वन अधिकृत अमरदेव यादव लगायतकाले प्रश्न तथा सुझाव दिएका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments