

, रौतहट १५ बैशाष ।
मौलापुर नगर पालिकाका मेयर उम्मेदवार रिना कुमारी शाहले प्रतिबद्धता पत्र सहित घर दैलो कार्यक्रम गर्न लागेका छन ।
नेकपा एमालेका उम्मेदवार शाहले दोस्रो पटक मेयर पदमा उम्मेदवारी दिई जनता समक्ष प्रतिबद्धता पत्र सहित सूर्य छापमा मतदान गर्न आग्रह गरि रहेकी छन ।
प्रतिबद्धता पत्रमा शिक्षा ,स्वास्थ्य ,खानेपानी सरसफाई ,खेलकुद , कृषि ,उधोग व्यापार , पर्यटन तथा संस्कृति , भौतिक पूर्वाधार , सेवा प्रवाह तथा सुशासन , समाजिक न्याय जस्ता विकास गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेकी छन ।