

, रौतहट २९ चैत्र ।
स्थानीय तहको निर्वाचन नजिकदै जादाँ उम्मेदवारहरुले मतदाता भेटघाटमा व्यस्त भएका छन । गौर नगर पालिकाका मेयर उम्मेदवारहरुले आ आफनो पकड बनाउन नगर कमिटी गठन तथा प्रचार प्रसार समिति गठन समेत गर्ने गरेका छन ।
गौर नगर पालिकाका मेयर अजय कुमार गुप्ताले पुनः मेयर पदमा लडने घोषणा गरेका छन भन्ने गौर नगर पालिकाका प्रत्यासी उम्मेदवार शम्भु साहले कमर कसिएर मेयर पदका लागी चुनावको प्रचार प्रसारमा लागेका छन ।
त्यसै गरी मोहन यादवले पनि मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । मेयर पदमै अनिमेश कुमार मिश्र , अनिल मिश्र तथा गंगाधार वर्माले चुनाव लडने घोषणा गरेका छन ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयर पदमा अजय कुमार गुप्ता , नेकपा एकिकृत समाजवादी पार्टीबाट मेयर पदमा शम्भु साह , नेपाली कांग्रेस पार्टीबाट मेयर पदमा मोहन यादव , नेकपा एमाले पार्टीबाट मेयर पदमा अनिल मिश्र , जनमत पार्टीबाट मेयर पदमा गंगाधर वर्मा ,जनता समाजवादी पार्टीबाट मेयर पदमा किरण ठाकुर , मेयर पदका स्वतन्त्र उम्मेदवार अनिमेश कुमार मिश्र चर्चामा रहेका छन ।
उम्मेदवारहरुले आ आफनो घोषणा पत्र तयार गरी मतदातालाई रिझाउन प्रयत्न गरि रहेका छन ।