,रौतहट, १४ वैशाख ।
गौर नगर पालिकाका मेयर उम्मेदवार नेकपा एमालेका अनिल कुमार मिश्रले घर दैलो अभियान गर्न थालेका छन । उम्मेदवार मिश्रले गौर नगरको वडा न २ का महादेवपर्टीमा आज घरदैैलो कार्यक्रममा चुनाव चिन्ह सूर्य छापमा मतदान गर्न वडाबासीहरुसंग आग्रह गरेका छन ।
उपमेयर अमबेया खातुन सहितको प्यानललाई अमूल्य मत दिएर जिताउन आग्रह गर्दै घरदैलो कार्यक्रम गरेका हुन ।
यसै गरी नेकपा एकिकृत समाजवादीले गौर नगरपालिकाको टिकुलियामा चुनावी कार्यक्रमको आयोजना गरेका थिए ।
गौर नपाको वडा न ४ टिकुलियामा आयोजित चुनावी प्रचार प्रसार कार्यक्रममा गौर नगरपालिकाको मेयर उम्मेदवार शम्भु साहले पार्टी नवप्रवेशीलाई फुलको माला, अविर र दोसाला ओढाएर स्वागत गरेको थियो । जनता समाजवादी पार्टी परित्याग गरेर आएको ७ जना नेता एवं वडा स्तरिय कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै कलम छापमा मतदान गर्न अभियानको रुपमा अघि बढाउने उनले आग्रह गरे ।
साह गौर नपाको मेयर पदमा पहिलो स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवारी दिएको थियो । थोरै मतबाट पराजित शाहको यस वर्षको चुनाव जित्ने प्रबल सम्भावना रहेको कार्यकर्ताहरुको विश्वास रहेको छ ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments