Take a fresh look at your lifestyle.
npa 9 suchana

मौलापुरमा एमालेका मेयर उम्मेदवार रीना कुमारी शाहले दोस्रो पटक निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट १२ जेठ ।
मौलापुर नगर पालिकामा एमालेका मेयर उम्मेदवार रीना कुमारी शाहले दोस्रो पटक निर्वाचित भएकी छन । उनले ५ हजार ५६४ मत ल्याई गठबन्धनका उम्मेदवारलाई हराएकी छिन । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार राम प्रवेश राय थादवले ३ हजार ६२ मत प्राप्त गरेको थियो ।
उपमेयर पदमा एमालेका नागेन्द्र प्रसाद यादवले ४ हजार ९१४ मत ल्याइ विजय भएको छ भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेदवार रीना कुमारी शाहले ३ हजार ४०३ मत प्राप्त गरेको हो ।
वडा न १ देखि क्रमस माओवादीका जयनाथ प्रसाद कुशवाहा , एमालेका श्रीभगवान राउत ,महेश महतो , विर बहादुर प्रसाद , चन्द्रशेखर प्रसाद साह , एसका इश्वर दयाल प्र यादव , एमालेका राम पुकार साह ,स्वतन्त्र शिउ प्रसन प्रसाद यादव र एमालेका श्याम किशोर साह निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.