Take a fresh look at your lifestyle.
npa 9 suchana

गरुडामा एमालेका मेयर उम्मेदवार कन्थमणी प्रसाद कलवार निर्वाचित

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १२ जेठ ।
गरुडा नगर पालिकामा नेकपा एमालेका मेयर उम्मेदवार कन्थमणी प्रसाद कलवार निर्वाचित भएको छ । उनले ४ हजार ५६४ मत ल्याई निर्वाचित भएको हो । उनी नेकपा एमालेमा एक महिना अगाडी प्रवेश गरेको एमाले जनाएको छ । उनका निकटतम प्रतिद्धन्दी नेकपा समाजवादी एकिकृतका उम्मेदवार वृज किशोर प्रसाद यादवले ४ हजार ५२६ मत ल्याएको थियो ।
उपमेयर पदमा नेपाली काग्रेसका पुनम कुमार चौधरीले ६ हजार ७०३ मत ल्याई विजय भएकी छन भने जसपाका विन्दु कुमारी देवीले ४ हजार ४७७ मत ल्याएका हुन ।
वडा न १ देखि ९ सम्म क्रमस लोसपाका शेष वहाव , जसपाका कृष्णनन्दन सहनी , माओवादीका अम्बिका सहनी , एसका सुनिल कुमार जयसवाल ,माओवादीका राम विनोद साह , एमालेका राम बाबु प्रसाद चौधरी ,नेकाका प्रविण सिह यादव ,जसपाका वशिष्ठ राय यादव , नेकाका राजेश कुमार सहनी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
एसका मेयर उम्मेदवार यादवले निवेदन दिई पुनः मत गणना गर्न माग गरेको छ तर निर्वाचन कार्यालय गरुडाले प्रतिनिधिहरुको रोहवारमा भएको मतगणनामा सही छाप समेत भएकोले पुनः गणना नगर्नै निर्णय गरेको छ ।
रौतहटमा नेपाली कागे्रस पार्टीका ७ ,एसका ४ , एमालेका ३ लोसपाका २ जसपाका १ र माओवादीका १ स्थानमा निर्वाचित भएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.