

रौतहट ४ असार ।
डिभिजन बन कार्यालय चन्द्रपुरका प्रमुखको मिलोमतोमा वन अतिक्रमण गरी निर्माण कार्य हुने गरेको छ । बनका प्रमुखले उपभोक्ता समितिबाट प्राप्त हुने कमिसनको लालचमा पारेर बन अतिक्रमण गराइ रहेको गुनासो बढेका छन ।
चन्द्रपुर नगरपालिका वडा न ६ स्थित रहेको डाबरी पर्यटन क्षेत्र जाने जंगलमा ठूलो चार कोठे पक्की भवन बन्दा समेत मुक दर्शक बनेर हेर्ने डिभिजन बन कार्यालयका निमित्त प्रमुख अमरदेव यादवको मिलोमतो रहेको बुझिएको हो ।
बन क्षेत्रमा विभिन्न सरकारी निकायबाट प्राप्त असारे बजेट सक्न विकास बजेटको नाममा वनको भूभाग प्रयोग गरी अतिक्रमण भएको हुँदा त्यसतर्फ जिम्मेवार निकायले ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।
सो स्थानमा धमाधम बन्दै गरेको उक्त भवन कुनै सरकारी कार्यालयको प्रयोजनका लागि होइन चन्द्रपुर नगरपालिकाका ओभरसियर अन्जन कुमार साहले बताए ।
पहिलो सुरुवाती चरणमा जगको काम हुन लाग्दा बन कार्यालयका कर्मचारीले सो स्थानमा भवन बनाउन नमिल्ने भन्दै काम रोकेको भएपनि त्यस पश्चात बन कार्यालयले बेवास्ता गरेको कारण डिभिजन प्रमुखको मिलोमतोमा स्थानीय ठेकेदारबाट निर्माण कार्य गरी रहेको छ । बन क्षेत्रमा अतिक्रमण गरी घर तथा टहरा बनाउन बन ऐन विपरीत रहेको छ ।