

, रौतहट ५ साउन ।
रौतहट जिल्ला वार एशोसियसन जिल्ला समितिका अध्यक्ष पदमा नन्दकिशोर साह निर्विरोध निर्वाचित भएका छन । नव गठित समितिका उपाध्यक्षमा राम विनोद प्रसाद पटेल , सचिव रमेश कुमार यादव ,कोषाध्यक्षमा अनोज कुमार यादव निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत राम बहादुर दासले बताएका छन । सदस्यहरुमा मोहम्मद अतिकुर रहमान ,सुरेश प्रसाद श्रीवास्तव ,सबुरी लाल ठाकुर ,शेख मैनुदिन , अच्चयुत बहादुर क्षेत्री निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरुल हकले बताए । यसै गरी पार्षदमा महेन्द्र दास ,निकुन्त नारायण झा , रम्भु महतो निर्वाचित भएको बताइएको छ ।