

जनतालाई ठग्ने मन्त्रीलाई वर्खास्त गर्नु पर्ने जोडदार माग नेकपा एमालेका स्थायी समितिका सदस्य प्रभु साहले गरेका छन । उनले पुर्व प्रधान मन्त्री माधव नेपालले गौरमा सभाहल र बिवाह भवनको शिलान्यास गरेको विषय लिएर शहरी विकास मन्त्री मेटमणी चौधरीको वर्खास्तका माग गरेका हुन ।

झट हेर्दा तपाई हामीलाई लाग्न सक्छ, सहरी मन्त्रालयबाट निर्माणको लागि ठेक्का सम्झौता भएर शिलान्यास भएको होला । तर हैन, मन्त्रालयबाट प्रकाशित रेडबुकमा न त उक्त आयोजनाको नाम छ , नाहीं अर्थ मन्त्रालयबाट कÞुनै बजेट शुनिश्चितताको चिट्ठी छ । यसरी २१ औ शताब्दीमा पनि नांगै झूठको राजनीतिक गर्नेलाई के भन्ने ? सभाहल र बिवाह भवनका शिलान्यास गर्नेहरुलाई नेकपा स्थायी समिति सदस्य शाहले चुनौती दिएको छ ? शिलान्यास गरेको योजनाहरु कुन शीर्षक अन्तर्गत कति बजेट छ ? यसको ठेक्का कहिले भयो र ठेक्दार को हो ? छिटो सार्वजनिक गर्न समेत उनले माग गरेका छन । नत्र जनता चुप लागेर बस्दैन साहले भने। यसरी दिन दहाडै जनता ठग्ने ? यस्तो ठगी कार्यमा संलग्न मन्त्रीलाई तुरन्त बर्खास्त गर्नुपर्छ माग समेत गरेका छन । हिजो जनतालाई अज्ञानी बनाएर, भ्रम छरेर–फुट डालेर शासन गर्ने माधव नेपालको अब पुरानो खेल सम्भव छैन नेकपा स्थायी सदस्य शाहले स्पष्ट पारेका छन ।