, रौतहट ८ भदौ ।
कुटपिट गरेको कारण मृत्यु भएकोले तीन जनालाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
२०७९ भदौ ५ गते स्वास्थ्य अवस्था बिग्रन गई पुन उपचारको लागि टिचिङ अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा विहान ९ः०० बजेको समयमा मृत्यु भएकोले कुटपिट गर्ने ३ तिनै जनालाई नियन्त्रणमा लिई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई ईलाका प्रहरी कार्यालय चन्द्रपुरको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक सुनिल मल्ले जनाएको छ ।
रामचन्द्र चौधरीले पालेको बंगुरको फोहोर मृतकको घर अगाडी फ्याल्ने गरेको बिषयलाई लिएर वाद– बिवाद भई झै–झगडा हुँदा चौधरीको श्रीमती वर्ष ४६ की प्रमिला चौधरी र निजको छोरा वर्ष २२ को अजय चौधरी मिलि राम गोपाल घिमिरेलाई कुटपिट गर्दा घाईते भई चन्द्रपुर सिभिल अस्पतालमा उपचार गर्दा गर्दै थप उपचारको लागि काठमाण्डौ मेडिकल कलेजमा उपचार भईरहेकोमा २०७९ भदौ ३ गते डिस्चार्ज भई आफन्तको घरमा बसिरहेको थियो ।
२०७९ साउन २८ गते अं.१६ः०० बजेको समयमा चन्द्रपुर न.पा. ४ पैनीटोल बस्ने वर्ष ७७ को राम गोपाल घिमिरेको घर अगाडि रहेको पैनी माथि बाँसको लच्का बनाई सोहि पुल भएर ऐ.ऐ. ५ वस्ने राम चन्द्र चौधरी लगायत गाउँ घरका अन्य व्यक्तिहरु समेत आवात जावत गरी रहेकोमा सो पुल भत्की नालामा झर्ने गरेको थियो ।
Trending
- संचारकर्मी श्रेष्ठलाई धम्की दिने माथि कारवाइको माग
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- प्रतिक्रिया
- Facebook Comments