Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहटका खरिदारहरुको बढुवा नहुनु मन्त्रालय तथा कार्यालय प्रमुखको मिलोमतो

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट ८ भदौ ।
रौतहट जिल्लामा कार्यरत खरिदार कर्मचारीको मनोबल खसिदै गएको छ । जिल्लाका विभिन्न कार्यालयका प्रमुखले नियम कानुन लाई वास्ता नगरी नियम विपरित खरिदार कर्मचारीलाई हाजिर गराई जिल्लामा रहेका कार्यरत खरिदार कर्मचारी माथि विभेद गरेको छ ।
लोक सेवा आयोग काठमाण्डौबाट सरुवा भई जिल्ला समन्वय समिति रौतहटमा खरिदार चिरन आचार्य लाई हाजिर गराएको प्रति रौतहटका खरिदार कर्मचारीले आपति जनाएको छ ।
जिल्ला समन्वय समिति रौतहटका तत्कालीन प्रमुख सुरेन्द्र प्रधानले २०७७ चैत्र २१ गतेका दिन खरिदार पदको आकृति फाराम भरी पठाए पनि सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौले २०७९ साउन ६ गतेका दिन खरिदार चिरन आचार्यलाई सरुवा गरी जिल्ला समन्वय समिति रौतहटमा पठाएका थिए ।
जि.स.स रौतहटमा खरिदार चिरन आचार्य हाजिर नहुदै फेरी २०७९ साउन २३ गतेका दिन सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाण्डौले रौतहटबाट काज सरुवा गरी नेपाल विश्व विधालय पूर्वाधार विकास तयारी समिति काठमाण्डौमा पठाएका हुन ।
खरिदार चिरन आचार्यले जिसस रौतहटमा २०७९ भदौ ६ गतेका दिन हाजिर हुन निवेदन दिएका छन । लोक सेवा आयोग काठमाण्डौले २०७९ भदौ २ गतेका दिन रमाना पत्र दिएका छन ।
मन्त्रालय तथा रौतहटका कार्यालय प्रमुखको मिलोमतोमा नियम कानुन लाई वेवास्ता गर्दै वाहिर जिल्लाबाट एक दुई दिनको लागी रौतहटमा आई पुनः काज सरुवा गराई अन्यत्र गई बढुवा हुने गरेको प्रति जिल्लाका खरिदार कर्मचारीहरु आज आक्रोसित भई समितिमा गएका थिए ।
यस अघि जिल्लाका खरिदारहरुले २०७९ साउन ९ गतेका दिन जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापन पत्र दिएका थिए । रौतहटका खरिदारहरुको बढुवा नहुनु मन्त्रालय तथा कार्यालय प्रमुखको मिलोमतोमा हुने गरेको आरोप लगाएका छन ।
लोकसेवा आयोग नियमावली २०६७ को परिच्छेद २ को ३ बमोजिम अख्तियारवालाले निजामति सेवाको रितm पदपुर्ति गर्नको लागी माग गर्दा अनुसुचि १ बमोजिमको फाराम भरी राजपत्राङ्कित पदको हकमा आयोगको केन्द्रिय कार्यालयमा र राजपत्र अनाङ्कित पदको हकमा आयोगको सम्बन्धित क्षेत्रिय वा अञचल कार्यालयमा पठाउनु पर्नेछ । ३ उपनियम २ बमोजिम कुनै कार्यालयको लागी राजपत्र अनाङ्कित पद पुर्तिको लागी माग गरि सके पछि त्यस्तो पद सरुवाद्धारा पुर्ति गर्न सकिने छैन उल्लेख छ।
निजामति सेवा नियमावली २०५० परिच्छेद ६ पदस्थापन र सरुवा को उपनियम १४ मा यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै रितm राजपत्र अनङ्कित तथा श्रेणी विहिन पद पुर्तिको लागी माग आकृति फराम भरी पठाइ सके पछि त्यस्तो पदमा सरुवा गरी पदपुर्ति गरिने छैन भने उल्लेख छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.