

, रौतहट
श्रोत नखुलेका चार लाख पन्चानव्वे हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ छ । हिजो साझ ५ वजेको समयमा जिल््ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नं १ गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगिनियाबाट गौर तर्फ पैदल आउँदै गरेको भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नं १ पटेल टोला बस्ने अं बर्ष ४५ को लक्ष्मी कुमार साहको साथबाट श्रोत नखुलेको नेपाली रुपैया चार लाख पन्चानव्वे हजार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका नायव प्रहरी उपरिक्षक सुनिल मल्ले जनाएको छ । आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको बताएका छन ।