

रौतहट १८ पुस ।
भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी वल वि.ओ.पी.भन्सारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले श्रोत नखुलेका भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका वडा नं.१ भन्सार गार्ड अगाडी चेक पवाईन्ट खडा गरी चेकिङ्ग गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बि आर ० ५ ए एन १५९० नं.को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो ।
सो मोटरसाईकलमा सवार भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी नगरपालकिका वडा नं.३५ न्यु गोपालपुर बल्हाचोक वस्ने अं.वर्ष ३५ को आजाद कुमार मालाकार र पछाडी सवार ऐ.वस्ने अं.वर्ष ३२ को संजिव कुमार तिवारीलाई चेकजाँच गर्दा आजाद कुमार मालाकारको साथबाट दुई लाख पैतालीस हजार र संजिव कुमार तिवारीको साथबाट दुई लाख चार हजार पाँच सय समेत गरी दुबै जनाको साथबाट श्रोत नखुलेको भारतीय नगद चार लाख उन्नपचास हजार पाँच सय फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । , उक्त नगद सहित निज र मोटरसाईकल समेत नियन्त्रणमा लिई पथलैया राजश्व अनुसन्धान कार्यालयमा थप अनुसन्धानको लागि पठाईएको प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवले बताएका छन ।