

रौतहट दृष्टि, जनकपुर १४ पुस ।
नेपाली काँग्रेसको मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव संसदीय दलको नेतामा विजयी भएको छ ।
मधेश प्रदेश सभामा संसदीय दलको नेताका लागि सभापति कृष्णप्रसाद यादव र उपसभापति रामसरोज राय यादव विच प्रतिष्पर्धा भएको थियो । कुल २२ सदर मतमा यादवले १८ मत प्राप्त गरेर संसदीय दलको नेतामा विजयी भएका छन ।
उम्मेदवार रामसरोज यादवले ४ मत पाएको छ । नेपाली काँग्रेसको तर्फबाट मधेश प्रदेश सभामा संसदीय दलका नेतामा निर्वाचित भएका मधेश प्रदेश सभापति यादवको कार्यकाल सफल एवं सुखदको लागी मधेश प्रदेशका जनताले कामना गरेको नेकाका प्रदेश प्रवक्ता नितेश गुप्ताले बताए ।