

रौतहट १९ पुस ।
रौतहट क्षेत्र न २ का स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई एमालेमा प्रवेश गराएका हुन् । उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र न–१ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको नेताहरुको उपस्थिति रहेका थिए ।