Take a fresh look at your lifestyle.
npa 9 suchana

स्वास्थ्य चौकी तथा उपस्वास्थ्यहरुमा निशुल्क औषधीको अभाव

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट, २१ पुस ।
स्वास्थ्य चौकी तथा उपस्वास्थ्यहरुमा विरामीहरु पाउनुपर्ने निशुल्क औषधीको अभावका कारण विरामीहरु बाहिर मेडिकलबाट महगो शुल्कमा औषधी किन्न बाध्य भएको छ । नेपाल सरकारद्धारा निशुल्क वितरण गर्नुपर्ने औषधीे स्वास्थ्य संस्थाहरुमा अहिले अभाव भएको कारण सर्व साधारण मारमा परेका छन ।
चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट तोकिए बमोजिमको निशुल्क औषधी उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरु सिटामोल बितरण गरेर बस्नु परेको छ । चन्द्रपुर नगरपालिकाको वडा नं ९ डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणले पाँउने निशुल्क औषधी समेत नपठाएकाले समस्या भएको बताए ।
डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको स्वास्थ्य चौकीका प्रमुख पंडितले भने । ३ महिना बित्दा पनि नगरपालिकाका स्वास्थ्य शाखाले औषधी नपठाएको उनले भने । डुमरिया स्वास्थ्य चौकीमा मात्र औषधी अभाव नभएर धेरै जसो स्वास्थ्य चौकीमा औषधीको अभाव रहेको बताइएको छ । स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधी निशुल्क पाँउने नेपाल सरकारले घोषणा गरे पनि रौतहटका स्वास्थ्य संस्थामा समान्य ज्वरो र रुघाखोकीको औषधी समेत पाँउन कठिनाई भएको स्थानीयले बताउँछन । जिल्लाभरीकै स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क दिने औषधिहरु उपलब्ध छैन समाचारश्रोतबाट थाहा भएको छ । स्थानीय तहले औषधी खरिद गरी नदिएको कारण औषधी अभाव भएको बुझिएको छ । प्रदेश सरकारबाट न्यून मात्रा औषधी आउने गरेको औषधी पालिकाहरुमा पठाउने गरेको स्वास्थ्य कार्यालय गौरले जनाएको छ । स्वास्थ्य कार्यालयमा औषधी खरिद का लागी वजेट नरहेको बताइएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.